४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

८९ जना कोरोना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७७, आईतवार ११:५६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप ८९ जना संक्रमित फेला परेका हुन् ।

यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । हाल सम्म देशभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२७ जना रहेको छ ।