२३ बैशाख २०८१, आईतवार
Follow Us

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७८, शनिबार ०५:००

काठमाडौं । नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुनुपूर्व उनले आफ्नै निवासमा बैठक बोलाएका हुन्।

बालुवाटार बैठकमा जाने र नजाले विषयमा छलफल गर्न सभापतिले बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘बालुवाटार बैठकको छलफलको विषय खुलाइएको छैन,’ प्रवक्ता शर्माले भने, ‘जाने र नजाने वा को जाने भन्ने विषयमा सभापति निवासमा छलफल हुँदैछ, प्रधानमन्त्रीमा ओली रहँदासम्म विमति रहे पनि पदको मर्यादा त कायम राख्न पर्यो।’

विमलेन्द्र निधिलगायत पार्टीका नेता सभापति निवास आइसकेको तथा केही नेता आउने क्रम जारी रहेको बताउँदै प्रवक्ता शर्माले पार्टीको बैठकपछि मात्र बालुवाटार जाने वा नजाने विषय टुंगो लाग्ने बताए।