२१ जेष्ठ २०८१, सोमबार
Follow Us

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएपछि आईसीयूबाट सारियो वार्डमा

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७८, बुधबार १५:१४

काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार आएपछि कोमललाई आईसीयूबाट वार्डमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र, उनकी धर्मपत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमलकाे गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।