२९ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७८, बिहीबार ०६:५६

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ । बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिनसाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरुसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।