३० बैशाख २०८१, आईतवार
Follow Us

चार सांसदसहित दुई कर्मचारीलाई कोरोना पोजेटिभ

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७८, बिहीबार ०७:१३

काठमाडौं । प्रतिनिधिसभाका चार सांसदमा कोरोना पाजेटिभ देखिएको छ । बुधबार गरेको पीसीआर परीक्षणमा चार सांसदसहित दुइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

बुधबार सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुसहित ६०९ जनाकाे स्वाव संकलत गरिएको थियो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज पनि स्वाब संकलन गरिएको छ ।

आज केन्द्रमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिवलगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।