५ श्रावण २०८२, सोमबार
Follow Us

माहामारीमा पनि वनमन्त्री आलेलाई प्रचारकै मोह

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०७८, मंगलवार ११:०४

काठमाडौ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा स्टिकर टाँसेर बाँडेपछि उनी भाइरल भएका छन्। उनले ७५ सिलिन्डर गृहजिल्ला डोटीमा र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रदान गरेको बताएका छन् । सेनिटाइजर, मास्क, औषधी लगायत सामग्री अस्पताललाई हस्तान्तरण गरेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्ड डा. हेम राज पाण्डेले विभिन्न संघ संस्था तथा जन प्रतिनिधिहरुको सहयोग पछि अक्सिजनको अभाव केहि मात्रामा समाधान भएको बताए । यसैगरी मन्त्री आलेले जिल्ला अस्पताल डोटीलाई पनि ३८ लाख रुपैयाँ बराबरको अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सुरक्षा उपकरण वितरण गरेका छन् । विवादास्पद अभिव्यक्तिका कारण बेला–बेला चर्चामा आउने मन्त्री आले यो बेलापनि चर्चामा आएका छन् |

स्रोतका अनुसार चीनबाट अनुदान आएका सिलिन्डर र स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागमार्फत मन्त्री आलेले ती अस्पतालका लागि भनेर लिएका थिए । तर केही सिलिन्डर भने आफ्नै व्यक्तिगत खर्चमा किनिएको मन्त्री आलेले बताएका छन् । तर उनले सबै सिलिन्डर तथा औषधिका प्याकेटमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ भनेर बाँडेका छन् ।

धेरै पढिएको