१८ बैशाख २०८१, मंगलवार
Follow Us

पासा पुच: गुथीद्वारा दश वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७८, बुधबार १८:१७

लन्डन । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त नेपाललाई पासा पुच: गुथी यूकेले १० वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सात हजार पाउण्ड अर्थात करिब एघार लाख ४८ हजार रुपैयाँ बराबरको चेक एनआरएनए यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङलाई हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण कार्यक्रममा पासा पुच: गुथी यूके अध्यक्ष ओजेश सिंह, महासचिव सन्दिप श्रेष्ठ, कोषाध्यक्ष रजनी श्रेष्ठ, रेडिङ ईकाई अध्यक्ष जानकी कायस्थ, सल्लाहकारहरू शिवजी शेष्ठ, अल्डरसट इकाई अध्यक्ष केशव श्रेष्ठ, पासा पुच: गुथी आजीवन सदस्य तथा एनआरएन यूके उपाध्यक्ष एवं अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईलगायतको उपस्थिति थियो ।

एनआरएनए यूकेले लन्डनस्थित नेपाली दूतावासको सहयोगमा ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेपछि बेलायतमा सहयोग गर्ने क्रम जारी छ । सोही अभियानमा साथ दिंदै पासा पुचः गुथी यूकेले पनि १० वटा अक्सिजन कन्सन्ट्रेटरका लागि सहयोग संकलन गरेको हो ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पासा पुच: गुथी यूकेले गरेको योगदानको कदर गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् । छोटो समयमै बेलायतवासी नेपालीहरुले देखाएको उत्साहपूर्ण कार्य निकै सह्रानीय रहेको पनि गुरुङले बताइन् ।

त्यसैगरी पासा पुचः गुथी यूकेले पनि मातृभूमि नेपाल र नेपालीको दुःखमा साथ दिंदै सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार प्रकट गरेको छ ।

एनआरएनए यूकेको अभियानमा बेलायतका एक सय भन्दा बढी संघसंस्थाले खुलेर सहयोग गरेका छन् भने व्यक्तिगत पहलमा पनि सहयोग प्राप्त भइरहेको छ ।