१६ भाद्र २०८२, सोमबार
Follow Us

हर्क साम्पाङ काठमाडौं आउँदा समर्थकको र्‍याली

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८२, सोमबार ११:३०

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाण्डू आउँदा उनका समर्थकहरुले र्यालीनै निकालेका छन । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाण्डूमा आइपुगेका साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो ।

उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरे । यसअघि पनि उनी काठमाण्डू आउँदा समर्थकहरू उनका वरपर बाक्लो संख्यामा उपस्थित हुन्थे ।

कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाण्डू आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।

प्रायजसो: उनका गतिविधिहरूमा काठमाडौंमा उल्लेख्य संख्यामा उपस्थित हुने गर्छन् । मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ ।

धेरै पढिएको