२४ बैशाख २०८१, सोमबार
Follow Us

बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७८, बुधबार १०:३०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छिन् । बुधबार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१) बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् । उनलाई लक्जेम्बर्गको गैरआवासीय राजदूतसमेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।