२४ बैशाख २०८१, सोमबार
Follow Us

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक शनिबार

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १०:३१

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् । पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक महाधिवेशनबारे निर्णलय लिन बोलाएका हुन् । सभापति देउवाले शनिबार दिउँसो २ बजेका लागि आफ्नो बूढानीलकण्ठमा बैठक बोलाएका छन् । देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने भानुको भनाई छ । वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर काँग्रेसमा तयारी छ । काँग्रेस सभापति देउवाले पनि भदौमा महाधिवेशन हुने र आफू पूर्ण प्रतिबद्ध भएको बताइसकेका छन् ।