२४ बैशाख २०८१, सोमबार
Follow Us

पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरु ठप्प

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७८, आईतवार ०५:३४

धादिङ । लकडाउनका कारण धादिङको पृथ्वी राजमार्ग क्षेत्रमा संञ्चालित होटल तथा रेष्टुरेन्टहरु ठप्प हुँदा सयौँ युवाहरुको रोजगारी गुमेको छ । त्यतिमात्र होइन ब्यवसायीहरु पलायन हुन बाध्य भएका छन । यस्ता साना व्यवसायलाई जोगाउन सरकाले राहातका कार्यक्रम घोषण गर्नुपर्ने माग ब्यवसायीहरुको छ ।

खासगरी राजमार्ग हुFदै आवत जावत गर्ने यात्रु लक्षित खाना र खाजा खुवाउन खोलिएका होटल तथा रेष्टुरेन्टका संञ्चालकहरु निकै समस्यामा परेका हुन। दोस्रो चरणको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकाले गरेको निषेधाज्ञाका कारण राजमार्ग आसपासमा होटल तथा रेष्टुरेन्ट संञ्चालन गरेर बस्नेहरु अब कुन पेशा गर्ने भन्ने चिन्तामा छन ।

आजकाल राजमार्ग भएर आवत जावत गर्ने सवारीका साधनहरुमा यात्रा गर्ने यात्रुहरु, सवारी चालक, सहचालक र विषेस कामले यात्रामा निस्कने यात्रुहरुले समयमा खान नपाउने समस्या त एकातिर छँदैछ अर्को तिर चाहेर पनि व्यवसाय चलाउन नपाउने बाध्यता व्यवसायिको छ ।

अब बैंकको ऋण लगायत सरकारलाई तिर्नुपर्ने करको रकमसमेत तिर्न नसक्ने भएको भन्दै सरकारले विषेश व्यबस्था गर्नुपर्ने मागसमेत होटल संञ्चालकहरुले गरेका हुन । बन्दा बन्दीले गर्दा ब्यवसाय नै ठप्प भएका कारण सरकाले कर छुट गर्नुपर्ने माग ब्यवसायीहरुको छ ।

यसो त होटल ब्यवसाय ठप्प हुदा त्यसमा आश्रित सयौँ मानिसहरुको रोजगारी समेत टुटेको छ । पृथ्वी राजमार्ग क्षेत्रको धादिङमा पर्ने जोगिमारादेखि नौविषसेसम्म मात्रै करिव तीन सयको हाराहारीमा यस्ता साना ठुला होटलहरु संञ्चालन हुदै आएकोमा अहिले ठप्प छन ।

जसमा एउटैमा पाँच जनादेखि १५ जनासम्म कामदारहरुले रोजगारी पाउँदै आएका थिए । यस्ता होटल तथा रेष्टुरेन्ट बन्द भएकोले गर्दा ठुलो युवा शक्ति बेरोजगार हुन पुगेको छ ।