२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए साउदीको निर्वाचन ३० जुलाईमा

नेपालब्रिटेन डट कम्
२ असार २०७८, बुधबार ०४:३९

रियाद । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनएरएनसीसी) साउदी अरबको आठौँ महाधिवेशन आगामी ३० जुलाइमा हुने भएको छ।

शुक्रबार सम्पन्न परिषद्को १२औं पूर्ण बैठकले अधिवेशन मिति तय गरेको हो।

राष्ट्रिय महाधिवेशनमार्फत आगामी कार्यकाल २०२१–२३ का लागि नयाँ कार्यसमिति चयन हुनेछन्।

बैठकले निर्वाचन निर्देशिका नियमावली सर्वसमतिमा पारिद गर्दै महाधिवेशन सम्पन्न गर्न ३ सदस्यीय निर्वाचन समिति र ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ।

मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) को संयोजकत्वमा गठित निर्वाचन समितिमा आइसीसी मानार्थ सदस्य रमेश भण्डारी र आइसीसी सदस्य नारायण पासवान रहेका छन् ।

त्यस्तै आइसीसी सदस्य यास्मिन बेगम संयोजकत्वमा सामाजिक अभियान्ता ओम घले, बिरेन्द्र कुमार चौधरी एवम् रामराधा घिमिरे सम्मेलित निर्वाचन अनुगमन समिति गठन गरिएको छ।