२२ बैशाख २०८१, शनिबार
Follow Us

पिटरबरो नेपाली समाजको अध्यक्षमा हरिहर भट्टराई

नेपालब्रिटेन डट कम्
८ असार २०७८, मंगलवार १८:२१

लन्डन । पिटरबरो नेपाली समाजले नयाँ नेतृत्वको लागि हरिहर भट्टराईलाई चयन गरेको छ । सोमबार सम्पन्न विशेष बैठकद्वारा भट्टराईलाई भावी कार्यकालको जिम्मेवारी सुम्पेको हो । बैठकमा समाजका गतिविधिकासाथै निवर्तमान कार्यसमितिद्वारा आयव्यय प्रस्तुत गरिएको थियो । बैठकमा राखिएका जिज्ञासालाई निवर्तमान अध्यक्ष शिव भण्डारीले प्रष्ट पारेका थिए ।

निवर्तमान कार्यसमितिद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो । नेपाली राष्ट्रिय गानको धुनसंगै कार्यक्रमको थालनी गरिएको थियो । समाजका ट्रस्टीका कार्यबाहक संयोजक बाबुराम धितालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा समाजकै कार्यवाहक अध्यक्ष संगीता कोइरालाले स्वागत मन्तव्य दिएकी थिइन् । बैठकमा पूर्व अध्यक्ष लगायतका समाजका अग्रज व्यक्तिहरुकोसमेत उपस्थिति रहेको थियो ।

बैठकको संचालन महासचिव कृष्ण लुइटेलले गरेका थिए । कोरोना महामारीलाई मध्यनजर गर्दै कार्यक्रमा बैठकमा सामाजिक दुरी लगायतका नियमको पालना गरिएको महासचिव लुइटेलले जानकारी दिए ।