११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

२६३६ नयाँ संक्रमित थपिए, २० जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ असार २०७८, मंगलवार १२:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यहित अवधिमा २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६ (पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ ।

यस्तै निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ भने मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।