१० श्रावण २०८२, शनिबार
Follow Us

२६२२ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ असार २०७८, सोमबार १२:३१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ५६२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २४८ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार २११ जना निको भएका छन् । योसंगै ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् ।

धेरै पढिएको