३१ असार २०८२, मंगलवार
Follow Us

एनआरएनए निर्वाचन लड्न डा. बास्तोलाद्धारा पार्टीबाट राजीनामा

नेपालब्रिटेन डट कम्
२९ असार २०७८, मंगलवार २१:४५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन लड्न बेलायतस्थित प्रवासी नेपाली एकता मंचका उपमहासचिवले राजीनामा दिएका छन् ।
मंचका उपमहासचिव डा. मुकुन्द बास्तोलाले संघको ३१ जुलाईमा हुने निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिन सो पदबाट राजीनामा गरेका हुन् । उनको राजिनामा मंचका अध्यक्ष भक्त गुरुङले स्वीकृत गरेका छन् ।

बेलायतको कार्डिफ युर्निभरसिटीबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका बास्तोला गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार हुन् ।

‘एनआरएनए यूकेको सल्लाहकारको भूमिकामा रहेर संस्थाभित्र काम गर्ने अवसर पाएँ, अब थप योगदान गर्नुपर्छ’ भनेर महासचिव पदमा उम्मेदवारी दिने विचार गरेको उनले नेपालब्रिटेन डट कमलाई बताए ।

कास्कीको पोखरामा जन्मिएका बास्तोला बेलायतको ‘जोन्सन एण्ड जोन्सन’ समूहको आर्थिक सल्लाहकार समेत हुन् ।

उनी बेलायतको सबै भन्दा पुरानो संस्था यति नेपाली एशोसियसनको महासचिव समेत छन् ।

उनले बेलायतमा हेल्थकेयर र नेपालमा हाइड्रो तथा शिक्षा क्षेत्रमा लगानी गरेका छन् ।

धेरै पढिएको