४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७८, शुक्रबार ०४:००

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले पार्टीका कुनै पनि बैठक बालुवाटारमा नगर्ने वचन दिएका छन् ।

आजको बैठक कांग्रेस महाधिवेशन र क्रियाशील विवाद विषयमा केन्द्रित रहने सचिव पौडेलले बताए।