५ जेष्ठ २०८१, शनिबार
Follow Us

थपिए ३,२६० संक्रमित, ३२ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७८, बिहीबार १२:४१

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार २६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार ८०६ आरटी पिसिआर र ४ हजार ६५६ एन्टिजेन गरी कुल १५ हजार ४६२ जनामा परीक्षण गरिएकोमा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३४ हजार ८३८ जना होम आइसोलेसनमा, ३ हजार ३४२ संस्थागत आइसोलेसनमा र ४४१ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७३७ जना र भेन्टिलेटरमा १८३ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ । निको हुने दर ९३.३ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।