पर्वत । अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा ६ जनाको मृत्यु भएको छ । गएराती २ बजे आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो।
पहिरोमा परि मृत्यु हुनेहरूमा मोदी गाउँपालिका अम्बोटकी ५० वर्षीया फुलमाया थापा, कुश्मा नगरपालिका ११ सिल्मीकी ३८ वर्षीया दुर्गा पौडेल, उनका छ वर्षीय छोरा ६ गणेश पौडेल, कुश्मा नगरपालिका ३ दुर्लुङकी १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिला पौडेल रहेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
पहिरोमा परी दुर्लुङकै ३५ वर्षीया भगवती पौडेल र ९ वर्षीय विनोद पौडेल बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्लङको पहिरोमा ज्यान गुमाउने र बेपत्ता हुने एकै परिवारका रहेको प्रहरीले जनाएको छ।