२५ पुष २०८२, शुक्रबार
Follow Us

एमसीसीको विरोध गर्दा राप्रपाका नेता पक्राउ

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७८, मंगलवार १४:१०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका उपाध्यक्ष कैलाश कटुवाल पक्राउ परेका छन् । उन्लाई नेपालस्थित अमेरिकी राजदूतावास अगाडिबाट पक्राउ गरीएको हो । एमसीसी बिरुद्ध नाराबाजी गरेको भन्दै उनीसहित गुणराज भण्डारी, मणी सिमखडा, नगेन्द्र एक दर्जन बढी प्रर्दशनकारीलाई प्रहरीले राजदूतावास अगाडिबाट पक्राउ गरेको हो ।

उनीहरु सबैलाई प्रहरीको भ्यानमा राखेर महाराजगञ्जस्थित प्रहरीबृतमा राखिएको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले राष्ट्रघाती सम्झौता कार्यान्वयन नगर्न सरकारलाई दबाव दिदै आएका छन् । प्रदर्शनकारीहरुले जयसिंह धामीलाई न्याय दिन, दोषिलाई कारवाहि गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसंग माग गरेका छन् ।

केन्द्रीय सदस्य कटुवालले एमसीसी सम्झौता पास गरे जस्तो सुकै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको पनि बिरोध गरेका छन् ।

धेरै पढिएको