काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गोविन्दप्रसाद रिजाललाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई सरुवा गर्दै रिजाललाई पठाएको हो । रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुनुहुन्थ्यो । उहाँले मकवानपुर र दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएको थियो ।