 नेपालब्रिटेन डट कम्
                    नेपालब्रिटेन डट कम् 
            
            काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई पर्यटन प्रवद्र्धन गर्न आह्वान गरेकी छिन्।
संघको दशौं महाधिवेशनमा बोल्दै राष्ट्रपति भण्डारीले गैरआवासीय नेपालीलाई सांस्कृतिक पर्यटन दूत भएर नेपाल चिनाउन आग्रह गरिन्।
नेपाल पर्यटनको प्रचुर संभावना रहेको भन्दै विदेशमा बस्ने नेपालीको प्रचारबाट नै पर्यटनबाट लाभ लिन सकिने बताइन्। विदेशमा बसेर पनि नेपालको आर्थिक विकासमा ध्यान दिन सकेकोमा नेपालले उच्च मूल्यांकन गरिने उनले बताइन्।
विदेशमा रहेका नेपालीले कमाएको ज्ञान, सीप र पुँजी नेपालमा प्रयोग गर्दै अघि बढ्नुपर्ने उनले बताइन् । ‘जहाँसुकै रहेपनि नेपालको संमृद्धिका लागि कुनै कुराले छेक्दैन,’ उनले भनिन्।
उनले मातृभूमिको अपेक्षा अनुरुप सद्भाव, सहयोग र सहकार्यका लागि उनले आह्वान गरिन । ‘आर्थिक विकासमा सहयोग पुर्याउन संघले गरिमा कायम राख्दै जानुपर्छ,’ उनले भनिन ।