२३ असार २०८३, मंगलवार
Follow Us

पाख्रिवासका मेयर राईद्वारा एमाले परित्याग

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७९, बुधबार ०५:१९

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर वृष बहादुर राईले नेकपा एमाले परित्याग गर्नु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनु भएका राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै दुःख लागे पनि आफूले भने पार्टी त्यागेको बताउनुभयो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा राईको नेतृत्वमा सबै वडा अध्यक्षसहित सम्पूर्ण सदस्य एमालेबाट पाख्रिवासमा विजयी भएका थिए ।

धेरै पढिएको