ताजा खबर

सभामुख सापकोटाको दाँतको सर्जरी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । मंगलबार बिहान वीर अस्पतालको डेन्टल विभागमा उहाँको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर उहाँको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो । डेन्टल विभागकी प्रमुख डा. शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गर्नु भएको हो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता