३ कार्तिक २०८३, सोमबार
Follow Us

प्रस्तावित ३ जना न्यायाधीशकाे सुनुवाइविनै नियुक्त हुँदै

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७९, बुधबार ०५:२७

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्यायपरिषद्बाट प्रस्तावित ३ जनाको नाम संसदीय सुनुवाइ नभई अनुमोदन हुने भएको छ। गत असोज १ गतेदेखि प्रतिनिधिसभा कायम नभएकाले अब उनीहरूको संसद्मा पत्र आएको ४५ दिनपछि स्वत अनुमोदन हुने भएको हो।

न्यायपरिषद्ले सिफारिस गरेर संसदमा पठाएका तीनजना प्रस्तावित न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डिएन पराजुली अब कात्तिक पहिलो हप्तामा नियुक्ति हुन योग्य बन्ने छन्।

भदौ २१ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा दीक्षित, शर्मा र पराजुलीको नाम सिफारिस गरेको थियो नियुक्तिको पत्र पनि सोही दिन संसद सचिवालयमा पठाएको थियो। संसदमा प्रस्तावित न्यायाधीशको नाम आएपछि भदौ २८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले दश दिने उजुरी आह्वान गरेको थियो। जसबाट असोज ७ गते दश दिनपुगेको थियो। तर, असोज १ गतेपछि संसदको कार्यकाल सकिएकाले सुनुवाई समिति नै नभएपछि यो प्रक्रिया अब रोकिएको छ। अब प्रक्रिया सुरु भएको ४५ दिनपछि उनीहरू स्वतः न्यायाधीशको नियुक्ति लिन सक्नेछन्।

धेरै पढिएको