२३ जेष्ठ २०८३, शनिबार
Follow Us

नेपाली दूतावास, लण्डनमा ‘नेपाल–युके टेक फोरम’ आयोजना गरिंदै

नेपालब्रिटेन संवाददाता
१९ असार २०८२, बिहीबार २०:४१

लन्डन – नेपाली दूतावास, लण्डनले जुलाई ४ तारिख (शुक्रबार) दूतावासमै ‘नेपाल–युके टेक फोरम’ आयोजना गर्न लागेको छ।

यो फोरमले बेलायत र नेपालका सार्वजनिक नीति निर्माताहरू, कूटनीतिज्ञ, व्यवसायी तथा प्रविधि क्षेत्रका अगुवाहरूलाई एकै थलोमा ल्याउनेछ। नेपाल डिजिटल नवप्रवर्तनको उदाउँदो केन्द्रको रूपमा कसरी अघि बढिरहेको छ भन्ने विषयमा प्रकाश पार्न र नेपाल तथा बेलायतबीच प्रविधिको क्षेत्रमा रणनीतिक साझेदारीका अवसरहरू पहिचान गर्न उक्त फोरमको आयोजना गर्न लागिएको दूतावासले जनाएको छ।

बेलायतका लागि नेपालका राजदूत चन्द्र कुमार घिमिरे तथा नेपालका लागि बेलायतका राजदूत रब फेनले सम्बोधन गर्ने उक्त सम्मेलनमा ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरले उक्त फोरमलाई विशेष सम्बोधन गर्नेछन् । त्यस्तै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘युकेका लगानीकर्ताहरूका लागि नेपाल: एक एफडीआई गन्तव्य’ भन्ने शीर्षकमा र युकेमा मुख्यालय रहेको आईटी परामर्श तथा साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले ‘नेपाल–युके टेक व्यापार: द्विपक्षीय अवसरहरूको ढोका खोल्दै’ शीर्षकमा प्रस्तुति दिनेछन्।

त्यस्तै,, डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचर, र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले समेत फोरममा आफ्ना प्रस्तुति दिनेछन्। यसै गरी उक्त फोरममा जेनेस सलुशका प्रमुख प्रविधि अधिकृत निरञ्जन कुँवरले ‘प्रवासी र डिजिटल कूटनीति – ग्लोबल नेपालीहरूको शक्ति’ विषयक फायरसाइड संवादको सञ्चालन गर्नेछन्। यसैगरी बीआइआइ, आइबीएन नेपाल, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, नेपाल क्लियरिङ हाउस लिमिटेड, इ सेवा, फोन पे, जेनेस सलुशन लगायतका कम्पनीले दूतावासको बगैँचामा आफ्ना सेवा तथा प्रविधि सम्बन्धी प्रदर्शनी गर्ने छन् ।

फोरममा ब्रिटिश सांसदहरु युकेमा मुख्यालय रहेका प्राइभेट इक्विटी, भेन्चर क्यापिटल कम्पनीहरू, एक्सेलेरेटर, इन्क्युबेटर, एन्जेल लगानीकर्ता, फिनटेक, एआइ, क्लाउड, साइबर सुरक्षा, एजु-टेक, हेल्थ-टेक, प्रप-टेक, इन्सुर-टेक, रेग-टेकलगायतका क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने दूतावासले जनाएको छ ।

धेरै पढिएको

slot gacor