१ कार्तिक २०८३, शनिबार
Follow Us

शम्भुनाथका इन्जिनियर घुससहित पक्राउ

नेपालब्रिटेन संवाददाता
३ माघ २०७९, मंगलवार १३:०९

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो ।

इन्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए । इन्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।

धेरै पढिएको