२४ भाद्र २०८२, मंगलवार
Follow Us

कुपोन्डोलमा आगलागी हुदाँ १२ सवारीसाधन जले

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७९, सोमबार ०५:०१

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो ।

उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन् ।

घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ ।

धेरै पढिएको