ताजा खबर

‘नेपालमा बन्ने सवारी साधन दर्ता गर्ने कानून बनाउ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बन्ने सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन निर्देशन दिएका छन्। आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार ‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको भन्दै प्रधानमन्त्रीले कानून बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशित गरेको छु।’

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता