काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा डाँगीलाई सचेतक बनाएको छ । आज बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतक चयन गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनी समानुपातिक सांसद हुन् । त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ ।