९ मंसिर २०८२, मंगलवार
Follow Us

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०८०, बिहीबार १४:११

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्य सहित प्रस्ताव पेस गरेका थिए।

पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका २७, माओवादीका सात र एकीकृत समाजवादी को एक गरी ३५ जनाको पक्षमा मत जाहेर गर्दा एमालेका २२ जनाले विपक्षमा र राप्रपाका दुई जनाले तटस्थमा मत जाहेर गरेका थिए । संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

धेरै पढिएको