ताजा खबर

परराष्ट्रमन्त्री साउद वेलायतमा

लण्डन् । परराष्ट्रमन्त्री एनपी साउद लण्डन आइपुगेका छन् ।

साउद बेलायती राजा चाल्र्सको राज्याभिषेकमा भाग लिन विहिवार साँझ लन्डन आइपुगेका हुन् ।

मन्त्री साउद लण्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा उनलाई वेलायती विदेश मन्त्रीका विशेष प्रतिनिधिले एयरपोर्टको भीआईपी सुइटमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र उपप्रमुख रोशन खनाल बिमानस्थल पुगेका थिए ।

परराष्ट्र मन्त्रीले शुक्रबार, मे ५, २०२३ मा बकिङ्घम प्यालेसमा विदेशी मन्त्रीहरुको सम्मानमा आयोजना गरिएको राजाको स्वागत समारोह र शनिबार, मे ६, २०२३ मा वेस्टमिन्स्टरमा हुने राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको नेपाली दूतावास लण्डनले जनाएको छ । साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट पनि गर्ने बताइएकोछ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्