२० भाद्र २०८२, शुक्रबार
Follow Us

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

नेपालब्रिटेन संवाददाता
२४ असार २०८०, आईतवार ०५:४७

डोटी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विरामी भएका हुन् ।

बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

नौ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो । विषालु च्याउ खाएर बिरामी परेका ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

धेरै पढिएको