महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड दाङको भालुबाङमा शुक्रवार राति एक यात्रुवाहक बस पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट काठमाण्डूतर्फ जाने क्रममा रहेको उक्त बस राप्ती नदीमाथि रहेको पुलको बार तोड्दै नदीमा खसेको प्रहरीले जनाएको छ।
राति साढे १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा बाँके, मकवानपुर, काठमाण्डू, जुम्ला, रुकुमका यात्रुहरू रहेको अधिकारीहरूले बताएका छन्।
दुई जना भारतीय नागरिकहरूको समेत घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
चार जना यात्रुहरूको अझै सनाखत हुन बाँकी छ। उनीहरू सबै पुरुष रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
१४ जनाभन्दा धेरै यात्रुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ