ताजा खबर

कांग्रेस महामन्त्री गगन थापा दक्षिण कोरियामा

लण्डन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा दक्षिण कोरिया पुगेका छन्।

थापा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको एक कार्यक्रममा भाग लिन शनिवार सोल पुगेका हुन्। सोल विमानस्थल पुग्दा थापाको स्वागतको लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारी तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो।

पूर्वमन्त्री समेत रहेका थापाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा संवाद, अन्तरक्रिया, प्रशिक्षण र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको युवा नेता प्रताप पौडेलले जानकारी दिए।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्