२४ जेष्ठ २०८३, आईतवार
Follow Us

गैर आवासीय नेपाली संघ युगान्डाको निर्वाचन समितिको नेतृत्वमा रमेश कंडेल नियुक्त

नेपालब्रिटेन संवाददाता
१० असार २०८२, मंगलवार ०८:५८

कम्पाला, युगान्डा – गैर आवासीय नेपाली संघ (युगान्डा) को आगामी कार्यकालका लागि निर्वाचन समितिको प्रमुखमा संघका प्रमुख संरक्षक तथा दुई कार्यकालका पूर्व अध्यक्ष रमेश कंडेललाई नियुक्त गरिएको छ।

अध्यक्ष रमा अर्यालका अनुसार, निर्वाचन प्रक्रियालाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गर्न कंडेललाई प्रमुखको जिम्मेवारी दिइएको हो। समितिमा उहाँका सहकर्मीको रूपमा संघका पूर्व अध्यक्ष विनोद थापा र अफ्रिका क्षेत्रीय उप–संयोजकको अनुभवसमेत रहेका आदरणीय एकनाथ खतिवडालाई सदस्यका रूपमा चयन गरिएको छ।

उनका अनुसार, निर्वाचन समितिले आगामी जुलाइ १३ तारिख निर्वाचन मिति तय गरेको छ। उनले सम्पूर्ण प्रक्रियालाई मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

धेरै पढिएको

slot gacor