६ आश्विन २०८२, सोमबार
Follow Us

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०८२, शुक्रबार ०६:१६

काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । कूल १०३ शो पाएको यो चलचित्र देशभर प्रदर्शनमा आएको हो ।

अल्पसङ्ख्यक लैंगिक समुदायको कथा पेश गर्ने चलचित्रमा शीर्ष कलाकार नाजिर हुसेनले पारालिंगी चरित्र निर्वाह गरेका छन् ।समुन्द्र भट्ट निर्देशित चलचित्र सोसल ड्रामा जनरामा आधारित छ, जहाँ प्रमुख पात्रले पहिचानको लागि गर्ने संघर्ष चित्रण छ ।

नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् ।

धेरै पढिएको