१९ भाद्र २०८२, बिहीबार
Follow Us

२७१९ अंकमा झर्‍यो सेयर बजार

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८२, बिहीबार १३:१४

काठमाडौँ । बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६.५५ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ । आज बजार अन्तिम ४० मिनेटमा सम्हालिएको छ ।

भारित औसत गणनाअघि १ अंकमुनि रातो रहेको बजार गणनापछि ६ अंक घटेको हो । २ : २० बजे २७०३ अंकसम्म झरेको सेयर बजार त्यसपछि सम्हालिँदै उकालो गति लिए पनि हरियो हुन सकेन ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको कारोबार भएको छ ।

धेरै पढिएको