२७ भाद्र २०८२, शुक्रबार
Follow Us

बिहिबार एकैदिन १४१ एनओसी जारी

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८२, शुक्रबार ०७:२२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा एनओसी जारी गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई मन्त्रालयको सानोठिमीस्थित शाखाले एनओसी जारी गरेको छ ।

१४१ एनोसी जारी गरेको, ८ वटा पुरानो रद्द गरेको र एउटा प्रोभिजनल एनओसी दिइएको शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिएका छन । उनले भने, ‘कसैको शुल्क तिर्नुपर्ने हुन्छ । पैसा खर्च गरेर पढ्न जान लागेको हुन्छ ।

एनओसीका कारण विद्यार्थीलाई असहज नहोस् भनेर काम गरिरहेका छौँ ।’ शाखाले ४६९ वटा सत्यापन र २५८ वटा एनओसी कागजात नपुगेर रद्द गरेको छ । हिजो बेलुका ८ बजेसम्म अनलाइनमा एनओसीका लागि ११८ जनाले आवेदन दिएका छन् । शाखाले अनलाइनबाट काम गरिरहेको छ ।

धेरै पढिएको