३० भाद्र २०८२, सोमबार
Follow Us

बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा पर्वतमा १४ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८२, आईतवार १३:०६

पर्वत । थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १४ जना व्यक्तिहरु पक्राउ परेको छ ।

विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत सहित भगाएको भन्दै १ महिला सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुश्मा नगरपालिकाबाट १२ जना, विहादी गाउँपालिका १ र चितवनका १ जनालाई गिरफ्तार गरिएको हो । प्रहरीले नियन्त्रणमा रहेका सवैलाई हिरासतमा राखि कारागार ऐन २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्दोग अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रहरीले यी मध्ये केही युवाहरुलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा समेत पक्राउ गरेको छ । पर्वत जिल्ला कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएका थिए ।

पर्वत प्रहरीले पर्वत कारागारबाट फरार रहेका कैदी बन्दी मध्ये ५ जना र कास्की कारागारबाट फरार भएका ५ गरी १० जनालाई नियन्त्रणमा लिई पुन कारागार चलान गरेको छ ।

धेरै पढिएको