३१ भाद्र २०८२, मंगलवार
Follow Us

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको घोषणः पीएसओ र गाडी सुविधा लिन्न

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०८२, सोमबार ०५:०७

काठमाडौं। सुशीला कार्की नेतृत्वको अन्तिरम सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन ।

उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।

बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र ?’ खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।

धेरै पढिएको