१० आश्विन २०८२, शुक्रबार
Follow Us

३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०८२, शुक्रबार १२:२५

काठमाडौं । नेपाल सरकारले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रमा एक पटकमा ३ करोड भन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन् ।

यसैगरी, सरकारले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धमा गठित कार्यदलको म्याद ४५ दिन थप गरेको छ ।

साथै, सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मालाई नियुक्त गरेको छ । यसैगरी, सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना विभागबाट गराउने निर्णयसमेत गरेको छ । अघिल्लो सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो ।

धेरै पढिएको