२१ आश्विन २०८२, मंगलवार
Follow Us

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको कार्यतालिका स्विकृत

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८२, सोमबार २२:५१

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन समयवद्ध रुपमा सञ्चालनको लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आज (सोमबार) बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तोकेको छ । फागुन ३ गतेदेखि फागुन १८ गतेसम्म प्रचारप्रसारको समयावधि तोकेको छ । त्यसपछि प्रचारप्रसार निषेध भनिएको छ ।

यस्तो छ आयोगको कार्यतालिका

धेरै पढिएको