७ कार्तिक २०८२, शुक्रबार
Follow Us

महेश श्रेष्ठलाई एनआरएनए एकताको लागि अनुमित, कार्यसमितिले माग्यो ‘रोडम्याप’

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०८२, बिहीबार १८:१४

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र एकता कायम गर्न मे महिनामा निर्वाचित कार्यसमितिले शैद्धान्तिक सहमति जुटाएको छ।

संघका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले संस्थाभित्रको विभाजनका कारण गैरआवासीय नेपालीहरूका मुद्दा ओझेलमा परेको निष्कर्ष निकाल्दै, डा. बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमितिसँग रोडम्याप तयार गर्ने निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले बताए।

गौतमले भने, “संघभित्र एकता अपरिहार्य छ भन्नेमा कुनै द्विपक्षीय मत छैन। गत मे महिनाको एकता अधिवेशनले सबै पक्षलाई समेट्न सकेन, त्यसैले बृहत् एकता अधिवेशनको विकल्प छैन।”

बैठकले अध्यक्ष महेश श्रेष्ठ, आरके शर्मा र महासचिव वीआर लामालाई एकताको लागि तत्काल ‘रोडम्याप’ पदाधिकारी बैठकमा प्रस्तुत गर्न आग्रह गरेको छ। गौतमले भने ‘अक्टोबर ११ तारिखमा एकता गर्ने योजना रहेको थियो र जहाँ विचार फरक परेका विषयहरू छन्, त्यसको जानकारी अध्यक्षसमक्ष माग गरिएको छ।’ उनले कार्यसमितिका सदस्यहरू पनि सम्मानजनक र स्थायी एकताको पक्षमा रहेको जानकारी दिए।

यसअघि, एनआरएनए अध्यक्ष डा. बद्री केसीले संघको स्थापना दिवस ११ अक्टोबरमा दुबै पक्षबीच एकता हुने घोषणा गरेका थिए। तर, श्रेष्ठले आफ्नो कार्यसमितिलाई मनाउन समय माग गरेका कारण संस्थागत एकता ढिलाइ भएको थियो।

धेरै पढिएको