काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल खोल्ने भएका छन । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाण्डूको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले जानकारी दिएका छन ।
सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको समेत जानकारी दिएका छन । ढुङ्गानाले भिडियो सन्देश मार्फत भनेका छन, ‘देश गम्भीर अवस्थामा छ ।
देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’ ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।