१८ जेष्ठ २०८३, सोमबार
Follow Us

७६ जिल्लामा पुग्यो रास्वपा, मुस्ताङमा नयाँ समिति गठन

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८२, सोमबार ०७:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर आफ्नो संगठन विस्तार गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार मनाङ बाहेक ७६ जिल्लामा समिति गठन भएका हुन् । यसैबीच हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो ।

भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली छन् ।

भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ ।

साथै, र्‍यापिड एक्सन टीम ९आरएटी०को नेतृत्व पनि चयन गरिएको छ । र्‍यापिड एक्सन टीमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङ छन् ।

आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति अर्याल सहित नेताहरु शंकर श्रेष्ठ र साजन शर्मा मनाङ पुगेका थिए ।

धेरै पढिएको