१२ मंसिर २०८२, शुक्रबार
Follow Us

जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यक : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८२, शुक्रबार १३:०९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुनुपर्ने बताएका छन् ।

शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेकपा (एमाले)का नेताहरुलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान रे ।

उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आफूले शुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरुका जायज मागहरु सम्बोधन गर्न वाम एकता गरेको बताए ।

उनले केहीले निर्वाचन जित्नको लागि मात्र एकता गरेको भन्ने टिप्पणी गर्ने गरेको भन्दै त्यो कुरामा कुनै सत्यता नरहेको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ती ल्याउनको लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरुलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको बताए ।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गरे । आफूले संसद विघटन गर्दा ठिक भन्ने अहिले संसद पुनःस्थापनाको माग माग गर्दै ओली बेतुकको तर्क गर्दै हिँडेको उनको आरोप छ ।

धेरै पढिएको