लण्डन। नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समसामयिक विषयमा छलफल भएको छ।
आइतवार नेपाली सेनाको मुख्यालय भद्रकालीमा भएको भेटमा गैरआवासीय नेपाली संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठसँग सेनाप्रमुख सिग्देलबीच संघले विगतमा नेपाली सेनासँग गरेको सहकार्यका विषयमा चर्चा भएको थियो।
भेटमा संघका अध्यक्ष डा. बद्री केसीले महाभूकम्पका बेला नेपाली सेना र संघको सहकार्यमा सञ्चालन गरिएका परियोजनाहरूको स्मरण गरेका थिए।
सेनाप्रमुख सिग्देलले गैरआवासीय नेपालीहरूसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताउँदै आगामी दिनमा दुई संस्थाबीच मिलेर काम गर्ने प्रतिबद्धता जनाए।
भेटघाटका क्रममा आपसी सहकार्य, नेपाली डायस्पोरा तथा राष्ट्रिय हितका विविध विषयमा समेत छलफल भएको थियो।