२२ पुष २०८२, मंगलवार
Follow Us

बलेवा सेवा समाज जापानद्वारा एनआरएनए उपाध्यक्ष डा. शर्मा सम्मानित

नेपालब्रिटेन संवाददाता
२० पुष २०८२, आईतवार २१:००

टोकियो । बलेवा सेवा समाज जापानले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा. हेमराज शर्मालाई सम्मान गरेको छ।

प्राकृतिक विपत्ति—बाढी, पहिरो, भूकम्पलगायतका संकटमा परेकाहरूको सहयोगका लागि आर्थिक, भौतिक तथा नैतिक योगदान पुर्‍याउँदै आउनुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै समाजले डा. शर्मालाई सम्मान गरेको हो।

आइतबार टोकियोमा आयोजित विशेष कार्यक्रममा बलेवा सेवा समाज जापानका अध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) र महासचिव रोशन चापागाईंले हस्ताक्षरित सम्मानपत्र डा. शर्मालाई प्रदान गरिएको थियो।

सम्मानपत्रमा बाग्लुङ जिल्लाको बलेवा क्षेत्रबाट जापानमा आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपालीहरूको साझा संस्था बलेवा सेवा समाज जापानले स्थापना कालदेखि नै आपसी सद्भाव, एकता र सहयोगको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवाका कार्यहरूमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरिएको छ।

जापानमा रहेका नेपालीहरूबीच आपसी समझदारी र सहयोग सुदृढ गर्नुका साथै नेपालमा आइपर्ने प्राकृतिक विपत्ति तथा विभिन्न सामाजिक समस्यामा परेकाहरूलाई सहयोग पुर्‍याएकोमा समाजको भूमिका प्रशंसनीय रहेको सम्मानपत्रमा उल्लेख छ। साथै, नेपाली संस्कृति, भाषा, धर्म र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा नेपालीपनको भावना जागृत गराउन संस्थाले खेलेको भूमिकाको उच्च मूल्यांकन गरिएको छ।

समाजले भविष्यमा पनि सामाजिक, मानवीय तथा राष्ट्रहितका कार्यहरू निरन्तर गर्दै जाने विश्वाससमेत व्यक्त गरिएको छ।

धेरै पढिएको