२४ पुष २०८२, बिहीबार
Follow Us

रास्वपा उपसभापति स्वर्णिम वाग्ले दिल्ली प्रस्थान

नेपालब्रिटेन संवाददाता
२३ पुष २०८२, बुधबार १४:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा गएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) निकट दुई प्रभावशाली थिङ्क ट्याङ्क– विवेकानन्द इन्टरनेशनल फाउण्डेसन र सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एण्ड सेक्युरीटी इस्युजले संयुक्त रूपमा आयोजना गरेको उच्चस्तरीय गोष्ठीमा सहभागी हुन वाग्ले दिल्ली प्रस्थान गरेका हुन् ।

उक्त गोष्ठीमा वाग्लेलाई प्रमुख वक्ताका रूपमा आमन्त्रित गरिएको छ । उनले ‘जेनजी आन्दोलनपछिको नेपाल–भारत सहकार्यका नयाँ आयाम’ बारे मुख्य मन्तव्य राख्नेछन् । वाग्लेले यो निमन्त्रणा ६ हप्ताअघि नै आएको र कार्यक्रम पूर्वनिर्धारित रहेको बताए ।

वाग्लेसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज जोशी र नेपालका पूर्वराजदूत विजयकान्त कर्ण पनि सोही कार्यक्रमका लागि भारत गएका छन् ।

धेरै पढिएको